काठमाडौं । सरकारले एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति दुस्ख व्यक्त गरेको छ । सरकारकी प्रवक्ता रेखा शर्माले शोक वक्तव्य जारी गर्दै मन्त्रिपरिषद्को आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको जनाउनुभएकाे छ । बैठकले दुःखद घडीमा शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार हार्दिक समवेदना प्रकट गरेको उहाँले बताउनुभयाे ।
शोक वक्तव्यको पूर्णपाठ
संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार हार्दिक समवेदना प्रकट गर्दछ ।
नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि उहाँले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै स्वर्गीय नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसात् गर्न सक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ ।
मन्त्रिपरिषद् बैठकले दिवङ्गत सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने, शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
२६ भदौ, २०८० रेखा शर्मा
प्रवक्ता, नेपाल सरकार







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts