काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रपतिले शोकाकुल परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टी एमालेप्रति गहिरो समवेदना प्रकट गर्नुभएको हो ।
पौडेलले संविधानसभा अध्यक्षसमेत रहनुभएका नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको पनि बताउनुभएको छ । राष्ट्रपति निर्वाचनमा पौडेल विजयी हुँदा नेम्वाङ निकटतम प्रतिद्वन्द्वी रहनुभएको थियो ।
नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्वाङको शव अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालयमा राखिँदैछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा