घरेलु उद्योग प्रवद्र्धनमा जोड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगले मात्रै समृद्धि र खुसी ल्याउने भन्दै यस्ता उद्योगको प्रवद्र्धनमा जोड दिइने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समिति, ग्लोबल इण्डिया मिसन र इण्डियन युथ च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिद्वारा संयुक्त रूपमा राजधानीमा आयोजित नेपाल भारत अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री साउदले भन्नुभयो, ‘परिवारमा सुख समृृद्धि र खुसी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ । तपाईंहरूको यो इमान्दार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डो¥याउनेछ । स्थानीय स्रोत र साधन परिचालन गर्ने पनि यिनै उद्योग रहेका छन् ।’ उद्यमशीलताको संस्कृतिलाई महिला तथा युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्घ बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नति गर्नुपर्ने उहाँको भनाइ थियो ।

महासंघ अध्यक्ष उमेशप्रसाद सिंहले स्थानीय स्रोत र साधन परिचालन गर्ने सवालमा होस् या मुलुकभित्र रोजगारी सिर्जना गर्ने सवाल घरेलु र साना उद्योगको योगदान उच्च रहेको तथ्यांकबाटै पुष्टि भएको बताउनुभयो । छरिएर रहेको पुँजी परिचालन र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्घि गर्ने कार्यमा समेत यसै क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँले महासंघ अन्तर्राष्ट्रिय उद्यम फोरममा समेत जोडिएको बताउनुभयो ।

ADVERTISEMENT

नेपालमा उद्योग स्थापना गर्न चाहने भारतीय उद्यमीलाई स्वागत गर्ने भन्दै अध्यक्ष सिंहले भन्नुभयो, ‘हामी नेपाल भारतको सांस्कृतिक सम्बन्धलाई उद्यमशीलताको क्षेत्रमा जोड्न चाहन्छौँ । आगामी दिनमा नेपाली उत्कृष्ट महिला उद्यमीलाई भारतको औद्योगिक गतिविधिको अध्ययन भ्रमण गराउन चाहन्छौँ ।’

कार्यक्रम संयोजक एव महासंघ महिला उद्यमी समिति महासचिव डा. सोनी महतोले महिला उद्यमशीलताका क्षेत्रमा लगानी वृद्धि, उद्योग स्थापनामा सहजीकरण, सहज सीपमूलक तालिम, सरल कर्जा तथा उपयुक्त प्रविधिमा सहयोग विस्तार गर्दै महिलाहरूले सञ्चालन गरेका उत्पादनमूलक व्यवसायलाई विशेष कर छुट गर्न सकिए महिलाहरू व्यवसायतर्फ आकर्षित हुन सक्ने बताउनुभयो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले देश विकासको महत्वपूर्ण पाटो आर्थिक विकास भएको भन्दै रोजगारी सिर्जना गर्ने व्यवसाय सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । बिहान उठेदेखि सुत्ने बेलासम्म विदेशमा उत्पादित वस्तुको उपयोग गर्ने परिपाटी अन्त्यका लागि महानगरपालिकाले महिलाहरूको व्यवसायमा ४० प्रतिशत कर छुटको व्यवस्था मिलाएको, तालिम पनि सञ्चालन गरेको र तालिमपछि व्यवसाय स्थापना र बजारीकरणमा जोड्ने गरी कार्यक्रम डिजाइन भइरहेको उहाँले बताउनुभयो । ग्लोबल इण्डिया मिसनका अध्यक्ष सुनिलकुमार सिंहले कार्यक्रममा ३५ भारतीय महिला उद्यमी सहभागी रहेको जानकारी दिँदै नेपाली महिला उद्यमीको औद्योगिक अवलोकन भ्रमणमा पूर्ण सहयोग रहने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज