वडाध्यक्ष घर्ती सुतेकै ठाउँ मृत भेटिए

Read Time = 1 min

सुर्खेत । जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।

ADVERTISEMENT

घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *