यस्तो छ आजको फलफूल तथा तरकारीको मुल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ४०, भारतीय ठूलो गोलभेडा ४०,टनेल गोलभेंडा सानो ४०, लोकल गोलभेडा सानो रू ३५, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी रू ५०, घिरौला ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ६०, गाजर १२०, मूला सेतो ९०, मूला रातो १००, भन्टा डल्लो ५०, भान्टा लाम्चो ५०, मकै बोडी ९०, टाटे सिमी ८०, तितो करेला ९०, ब्रोकाउली ३००, कागती १८० रुपैयाँ, भिण्डी रू ४०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ, लोकल काक्रो ८०, अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

ADVERTISEMENT

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, आभोकाडो २०० रुपैयाँ, कालो अंगुर ४५०, किवि ३५०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३५०, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १८०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०, पुदीना ५००, भारतीय प्याज सुकेको ७०, लसुन हरियो २८०, छ्यापी सुकेको २००,भेडे खु्र्सानी ११०,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १००, मौसम १५०, जुनार ३२०,अमला १००, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, निबुवा ५०, कन्य च्याउ २००, तने बोडी प्रतिकेजी ५० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज