चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबिरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताउनु भएको छ ।
शनिबार चितवनमा कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कोइरालाले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको र पार्टी बिरुद्ध पनि बिभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै यसलाई चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताउनु भयो।
अहिले देशमा फैलिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक अराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले अहिलेको निर्वाचन प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्रै सरकार बन्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचन प्रणाली राख्नुपर्ने जिकिर गर्नुभयो ।
कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको अवस्थामा नेता तथा कार्यकताहरुले यसलाई अन्त्य गर्न जरुरी रहेको धारणा राख्नुभयो ।
कोइरालाले भरतपुरमा दुईवटा स्थानीय तह निर्वाचनमा माओवादीलाई सहयोग गर्नु कांग्रेसको ठूलो भूल भएको बताउँदै अब वडादेखि केन्द्रसम्म कांग्रेस एक्लै चुनाव लड्नुपर्ने बताउनु भयो ।







Breaking news with related posts