वित्तीय संस्था संघमा नयाँ नेतृत्व

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल वित्तीय संस्था संघमा सुनिल पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न साधारणसभाबाट आइसिएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल पन्त अध्यक्षमा चयन हुनुभएको हो ।

प्रथम उपाध्यक्षमा पोखरा फाइनान्सका सिइओ रविचन्द्र गुरुङ, द्वितीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्सका सिइओ राजोजमान श्रेष्ठ, महासचिवमा नेपाल फाइनान्सका सिइओ उद्धवराज थपलिया र कोषाध्यक्षमा मञ्जुश्री फाइनान्सका सिइओ नारायण सुवेदी रहेका छन् ।

ADVERTISEMENT

सदस्यमा प्रोग्रेसिभ फाइनान्सका सिइओ अनिल श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सिइओ लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सिइओ सन्तोषकुमार घिमिरे, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका सिइओ राजेशकुमार श्रेष्ठ, मल्टीपर्पस फाइनान्सका सिइओ रजनीशकुमार सिंह र जानकी फाइनान्सका सिइओ दिनेशकुमार शर्मा रहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?