धादिङमा मलामी बोकेको गाडी दुर्घटना हुँदा ११ जना घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-बाबुराम श्रेष्ठ 

धादिङ । सदरमुकाम धादिङबेसीबाट मलामी लिएर ज्वालामुखी गाउँपालिका-३ मैदी जाँदै गरेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। स्वराज गाडी दुर्घटना भएको हो।

बा ४ ख १२२९ नम्बरको स्वराज गाडी शुक्रबार राति करिब १० बजे नीलकण्ठ नगरपालिका-८ मैदी भज्याङमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परी घाइते भएका पाँच जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

काठमाडौं लगिनेमा ज्वालामुखी-२ का ४६ वर्षीय शिवकुमार श्रेष्ठ, ज्वालामुखी-३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदम बहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धन बहादुर मगर रहनुभएको छ ।

ADVERTISEMENT

घाइते ६ जनाको भने धादिङ अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सवारी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *