काठमाडौं । नेपालस्थित भुक्तानी कम्पनी फोनपे र भारतस्थित भुक्तानी कम्पनी नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इण्डिया(एनपिसिआई)को अन्तर्राष्ट्रिय शाखा एनआइपिएलले दुई देशबीच पहिलो क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरु गर्ने भएका छन् । जुन ऐतिहासिक साझेदारीको सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो ।
फोनपे र एनआइपिएलबीचको सहकार्यले दुवै देशका लाखौँ नागरिक यी दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरमा क्युआर कोडमार्फत् सुरक्षित र सहज रूपमा भुक्तानी सक्ने फोनपेले जनाएको छ । उक्त सेवाका लागि दुवै कम्पनीे अन्तिम तयारीमा रहेका छन् । फोनपेका सभापति तथा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले भन्नुभयो, ‘यो उल्लेखनीय प्रक्षेपण दुवै देशका नागरिकको हितका लागि प्रविधि प्रयोग गरी दुई देशबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो । म विश्वस्त छु कि यस पहलले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्ध विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।’
त्यस्तै, एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेडले भनेको छ, ‘यस पहलले नवप्रवर्तनप्रतिको हाम्रो प्रतिबद्धता जनाउँछ । युपिआई एप्सले सहज क्रस बोर्डर भुक्तानी सक्षम पार्नेछ र मानिसको कारोबार गर्ने तरिका वृद्धि गर्नेछ । फोनपेसँगको यस साझेदारीलाई हामीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेका छौँ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements