राप्रपा एकतावद्ध छ : जबरा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राप्रपा पार्टी एकतावद्ध भएको बताउनुभएको छ ।

बिहीवार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षित कुराकानी गर्दै सांसद जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी एकजुट रहेको बताउनुभएको हो । उहाँले राप्रपा एकतावद्ध रहेको भन्दै यसमा कुनै शंका गर्नु नहुने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो – ‘कानून, बहुदलिय प्रजातन्त्र सबैले मान्नुपर्छ यो राप्रपाको मान्यता हो । पार्टी एकजुट छ । राप्रपा, राप्रपा छ । एकतावद्ध छ । यसमा कुनै शंकै छैन ।’

उहाँले नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरिएकोप्रति निन्दा गर्नुभयो । आक्रमणकारी अपराधी भएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज