अमेरिकी विदेशमन्त्री युक्रेन पुगेको बेला रुसको हमला, १७ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

किभ । पूर्वी युक्रेनको एक सहरको बजारमा रुसी गोलाबारीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

साथै सो घटनामा परी दर्जनौं ब्यक्ति घाइते भएको प्रहरी अधिकारीहरूले यो जानकारी दिएका छन ।

यो घातक हमला यस्तो समयमा भएको छ, जुन बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनलाई रुसी सेनाको विरुद्धमा समर्थन गर्न किभको भ्रमण गरिरहेका थिए। अमेरिकाले युक्रेनका लागि एक अर्ब डलरभन्दा बढीको आर्थिक सहायताको घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

एसोसिएटेड प्रेस संवाददाताहरूले कोस्टियान्टिएनिभकामा आक्रमण भएको ठाउँमा शवहरू हेरेका छन । त्यहाँ आकस्मिक कर्मचारीले बजारमा लागेको आगो निभाइरहेका थिए । युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी आक्रमणमा १७ जनाको मृत्यु भएको ३२ जना घाइते भएको बताए । अधिकारीहरुका अनुसार रुसी आक्रमणमा २० पसल, बिजुली लाइन, प्रशासनिक भवन आदिमा क्षति पुगेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले निर्दोष मानिसहरूलाई निशाना बनाएर बजारमा आक्रमण गरेको बताएका छन्। उनले भने, ‘यो ठाउँ चिन्नेहरूलाई यो नागरिक क्षेत्र हो भन्ने थाहा छ। नजिकै कुनै सैन्य इकाई छैन। यो आक्रमण जानाजानी गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज