कृषि औजार कारखाना चलाउनका लागि अन्तर्राष्ट्रिय पदक विक्री गर्दै महाविर पुन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले विरगंजमा प्रयोगविहीन अवस्थामा रहेको कृषि औजार कारखाना चलाउन आफूले प्राप्त गरेका अन्तर्राष्ट्रिय पदकहरू विक्री गर्ने सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय पदकहरू किन्दिनका लागि सर्वसाधारणसँग आह्वान गर्नुभएको छ ।
कृषि औजार कारखानामा आवश्यक विद्युत् आपूर्तिको लागि तीन सयदेखि पाँच सय के.भी.ए. सम्मको बिजुलीको ट्रान्सफर्मर खरिद गर्नको लागि रकम अभाव भएपछि उहाँले विभिन्न तीन वटा अन्तर्राष्ट्रिय पदकहरू विक्री गर्न लागेको बताउनुभएको छ ।

दसैँ अगाडि नै ट्रान्सफर्मर राख्न सकेमा तिहारपछि कारखानाबाट केही औजारहरू उत्पादन सुरु गर्ने योजना रहेको पुनले बताउनुभयो । तर त्यसका लागि आवश्यक पर्ने रकमको व्यवस्थापन हुन नसक्दा समस्या भएकोले आफ्ना पदकहरू बेचेरै भए पनि ट्रान्सफर्मर किन्ने सोच आएको उहाँको भनाइ छ ।

उहाँले पदकहरू बिक्रीमा रहेको भन्दै पदकहरूको फोटोसहित सामाजिक सञ्जाल फेसबुकमा विज्ञापन गर्नुभएको छ ।

ADVERTISEMENT

पुनले सन १९९२ मा अमेरिकामा पाएको ‘अनर ग्र्याजुएट मेडल’, सन २००७ मा फिलिपिन्समा पाएको ‘रोमन म्यागसेसे अवार्ड मेडल’ र सन २०१४ मा अमेरिकामा पाएको ‘इन्टरनेट हल अफ फेम अवार्ड’ बिक्रीमा राख्नुभएको हो । उहाँले आफ्ना पदकहरू २० देखि २५ लाख रुपैयाँसम्ममा किन्नका लागि फेसबुकमार्फत नै अनुरोध गर्नुभएको छ ।

“केही पैसा भएका साथीहरू मिलेर २० देखि २५ लाख सम्ममा मेरा यी अन्तर्राष्ट्रिय पदकहरू किन्नु होस् त । नेपालको पदक चाहिँ बेच्न नपाइने भयो । ती पदकहरू किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुन्छ”, पुनले फेसबुकमा लेख्नुभएको छ “यी मेडलहरू किन्ने व्यक्ति वा समूहलाई मैले पाएको धेरै किसिमका सम्मान पत्रहरू, टोकन अफ लभहरू र उपहारहरूको थुप्रो पनि सित्तैमा दिइने छ । अनि मेरो जीवन कथाको किताब बेचेर आएको पैसा पनि त्यही कृषि औजार कारखानामा खर्च गरिने छ ।”

यसैगरी कृषि औजार कारखानाका लागि आवश्यक रकम सङ्कलनक गर्न केही व्यक्तिहरुले फेसबुकमा अभियान समेत थालेका छन् ।
अभियानका लागि आह्वान गरेको केही समयमा नै नेपालभित्र र बाहिरबाट राष्ट्रिय आविष्कार केन्द्रको खातामा रकम जम्मा हुने क्रम सुरु भइसकेको अभियन्ता भीम उपाध्यायले बताउनुभएको छ । सहयोगीहरूको नाम प्रकाशन गर्ने क्रम जारी रहेको बताउँदै एक सय छ जनाबाट दुई लाख आठ हजार भन्दा बढीको सहयोग आउन लागेको र तीमध्येका ७९ जनाले दान दिइसकेको उहाँले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *