कलश स्टक मार्केट र इसेवाबीच सहकार्य

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कलश स्टक मार्केटमार्फत् हुने कारोबारको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । कलश स्टक मार्केट प्रालि (ब्रोकर नं. ७४) र इसेवाबीच सेयर कारोबार भुक्तानी इसेवाबाटै गर्न सकिने गरी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा कलश स्टक मार्केटका कार्यकारी अध्यक्ष शालिकराम अधिकारी र इसेवाका प्रबन्धक हेम घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।

आफ्ना ग्राहकलाई प्रविधिमा आधारित नवीनतम सेवा सुविधा दिन प्रतिबद्ध कलश स्टक मार्केट र नेपालकै पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबीचको सम्झौताले सेयर लगानीकर्तालाई कलश स्टक मार्केटबाट गरेको सेयर कारोबारको सेटलमेन्ट गर्न थप सहज हुने बताइएको छ ।

ADVERTISEMENT

बैंक तथा वित्तीय क्षेत्र तथा समाजका विभिन्न पेशा व्यवसायमा सफलता हासिल गरेका लब्ध प्रतिष्ठित एवं अनुभवी व्यक्तिको अगुवाइमा स्थापना भई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल सेवा प्रदान गर्न अनुमति प्राप्त गरी हालैमात्र काठमाडौंको बुद्घनगरस्थित मुख्य कार्यालयबाट कम्पनीले सेवा शुभारम्भ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज