सक्षम २.० मेन्टरसिपका विजेता घोषित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका-कोलाले सक्षम २.० ‘योङ उमन आन्टरप्रनियर्स एक्सेलेरेटर एण्ड मेन्टरसिप प्रोग्राम’ आयोजना गरेको छ । कार्यक्रम कोका-कोला नेपालको उमन इम्पावरमेन्ट प्रोग्राम सक्षमको एक महत्वपूर्ण भाग बन्न सफल भएको छ ।

कम्पनीका अनुसार कार्यक्रमका लागि काठमाडौं, पोखरा र चितवन जिल्लाका गरी ८० बढी महिला उद्यमीले आवेदन दिएका थिए । आवेदकमध्येबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाका आधारमा आठ फाइनललिस्ट छनोट गरिएको थियो । फाइनलिस्टहरूमा छनोट हुने वृन्दा दिवान (केहिक्राफ्ट्स), मेनुका गुरुङ (डुलुवा आउटडोर्स), प्रकृति बस्याल (साउथ एण्ड साउथ इस्ट प्रोजेक्ट), राशी महर्जन (लर्नर्स रुम), रोजिना बराल (सच्र्ड), सरला महर्जन (बायो इन्जाइम्स), शान्ति राई (ग्रिनस्पेस नेपाल) र यजु महर्जन (स्वच्छ महिनावारी) रहेका छन् ।

ADVERTISEMENT

एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले भन्नुभयो, ‘टेलियर कार्यक्रम र कोका–कोलासँगको सहकार्यमार्फत् हामी युवा महिला उद्यमीले आफ्ना आकांक्षालाई वास्तविकतामा परिणत गर्न सक्ने बाटो निर्देशन गरिरहेका छौँ । यी उद्यमीले अटल दृढ संकल्प र ज्ञानद्वारा सफलताको गतिशील क्यानभास बनाउँदैछन् । हरेक ब्रसस्ट्रोकले व्यावसायिक नवाचार र रूपान्तरणलाई प्रेरित गर्ने सशक्त महिलाको अविश्वसनीय महत्वाकांक्षाको चित्र चित्रण गर्दछ ।’ अगस्ट १८ मा सम्पन्न कार्यक्रममा मेनुका गुरुङ ( डुलुवा आउटडोर्स), राशी महर्जन (लर्नर्स रुम) र सरला महर्जन (सकल नेचुरो मल्टी-पर्पस क्लिनर) विजेता घोषित हुँदै एक-एक लाख नगद पुरस्कार प्राप्त गरेका थिए भने टप तीन विजेतालाई उनीहरूको इनिसिएटिभ अघि बढाउन र लक्ष्य नजिक ल्याउन मद्दत पुर्‍याउन समान आर्थिक सहयोग प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज