काठमाडौं । पाकिस्तानद्वारा आयोजित एसिया कपमा सोमबार भएको खेल (नेपाल भर्सेस इण्डिया म्याच)मा नेपाली टोलीलाई हौसला प्रदान गर्न नेपाली व्यवसायी श्रीलंका पुगेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका तथा शेखर गोल्छा, महासंघका पूर्वकेन्द्रीय सदस्य रञ्जित आचार्य र विजय वैद्यसहित व्यवसायी सुनिल मेहतालगायत अन्य नेपाली उद्योगी नेपालको राष्ट्रिय झण्डा बोकेर श्रीलंकास्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालको समर्थनमा उभिएका हुन् ।
नेपाली टोलीलाई हौसला दिँदै नेपाली व्यवसायी
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






