अपाङगता भएका बालबालिकालाई ह्वील चियर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

ललितपुर । ललितपुर महानगरपालिकाको सहकार्यमा बाल विकास समाज काठमाडौंले १४ जना अपाङता भएका बालबालिकालाई आज महानगरपालिकाको कार्यलयमामा ह्वील चियर वितरण गरेको छ ।

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्रचार्य र बालविकास समाजका अध्यक्ष सुवास गौतमको उपस्थितीमा बालबालिकालाई ह्वील चियर वितरण गरिएको हो ।

ह्वील चियर आवश्यक भएका महानगर क्षेत्रका बालबालिकाहरुको नामावली महानगरपालिकाको सिफारिस तयार गरिएको थियो ।

कार्यक्रममा संक्षिप्त कुरा राख्दै नगर प्रमुख चिरीवावु महर्जनले यस नगरपालिका क्षेत्रमा रहेका अपाङगता भएका बालबालिकाकालाई ह्वील चियर उपलब्ध गराएकोमा बाल विकास समाजकाय आजिवन सदस्य तथा अष्ट्रेलियामा न्यू साउथ वेल्स, अस्ट्रेलियाका मानर्थ कन्सोलेट जेनरल दिपक कुमार खड्का र व्हिलचियर फर किड्स र बाल विकास समाजप्रति हर्दिक धन्यवाद भन्दै आभार प्रकट गर्नुभयो ।

ADVERTISEMENT

बालबालिकाको सवालमा ललितपुर महानगरपालिका संबेदनसिल रहेको र बालबालिकाको अधिकार संरक्षण तथा प्रवद्र्धन गर्नका लागि महानगर विभिन्न संघसंस्थासँग मिलेर अगाडी बढिरहेको महानगरप्रमुखले जानकारी गराउनु भयो ।

कार्यक्रमका सभापति समेत रहनुभएकाे संस्थाका अध्यक्ष  गौतमले बालबालिकाको खुशी नै हाम्रो सन्तुष्टी रहेको बताउँदै महानगरपालिका सँगको सहकार्य निरन्तररुपमा अगाडि बढाउन बाल विकास समाज कटिबद्ध रहेको बताउनु भयो ।

यसै क्रममा विभिन्न स्थानीय तहहरुसँग समन्वय गर्दै अपाङगता भएका बालबालिकाहरुलाई ह्वील चियर उपलब्ध गराउन बालविकास समाजको प्रयास निरन्तर रहने बताउनु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *