मुक्तिनाथ कृषि कम्पनीको ‘भिजन २०८५’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आफ्नो पाँचवर्षे रणनीतिक योजना ‘भिजन २०८५’ घोषणाका साथै विभिन्न कृषिसम्बन्धी पूर्वाधार उद्घाटन गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालगायत विभिन्न कूटनीतिक नियोग, निजी क्षेत्र, सहकारी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा आइतबार आयोजित एक समारोहबीच कम्पनीले पाँचवटा कृषि संरचना उद्घाटन गरेको हो ।

कम्पनीले तयार गरेको पाँचवर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीलाई देशव्यापी रूपमा उच्चस्तरीय र दिगो सेवा प्रदान गर्ने अभिप्रायले पाँचवटा कृषि संरचना डिजिटल रूपमा उद्घाटन गरिएको थियो । इटहरी, बर्दिबास, काठमाडांै, बुटवल, सुर्खेत र धनगढीस्थित प्रादेशिक कार्यालय, स्याङ्जा र चितवनस्थित फार्म उत्कृष्टता केन्द्र, कृषिमा लगानी प्रवद्र्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकलाई दैनिक सेवाका लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित मुक्तिनाथ एप उद्घाटन गरिएको हो ।

ADVERTISEMENT

सो अवसरमा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी निर्देशक भरतराज ढकालले नेपालको कुल क्षेत्रफलको करिब २३ प्रतिशत भूभाग तराई, ४२ प्रतिशत पहाड र ३५ प्रतिशत हिमाल क्षेत्रले समेटेको भन्दै सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । नेपालको कुल गार्हस्थ्य उत्पादनको झण्डै एक तिहाइ हिस्सा ओगटेको कृषि क्षेत्रमा ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेकाले मुक्तिनाथ कृषि कम्पनीले ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानमार्फत् कृषकको उत्पादन बजारसम्म लैजान सहजीकरण गर्ने उहाँको भनाइ थियो ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानुनका रूपमा कृषि विधेयक संसद्मा पेश गर्ने तयारी भइरहेको जानकारी गराउँदै विधेयक पारित भएपछि नेपालको कृषि क्षेत्रमा बृहत् कानुनी संरचनाको व्यवस्थापन हुने दाबी गर्नुभयो । योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले अर्थतन्त्र बलियो बनाउन सबैभन्दा पहिला भएको खेतीयोग्य जमिनको प्रयोग बढाउनुपर्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज