काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा सुजन ओलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । सेजनको शनिबार राजधानीमा सम्पन्न २५औँ वार्षिक साधरणसभा तथा अधिवेशनबाट नेतृत्व चयन भएको हो । ओलीले ९९ भोट र निकटतम प्रतिद्वन्द्वी शिरोमणि ढुंगानाले ९६ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा निर्वाचित विनय वञ्जाराले एक सय ३५ मत, प्रत्यासी भागवत भट्टराईले एक सय १५ मत प्राप्त गर्नुभएको छ । महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिवमा निर्वाचित शोभित थपलियाले एक सय छ मत पाउनुभएको छ । कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित हुनुभएको छ ।
सदस्यमा निर्वाचित केशु लामिछाने एक सय ८८ मत, हेमन्त जोशी एक सय ७९, ममता थापा एक सय ५६, छवि सापकोटा एक सय २८, वसन्तराज उप्रेतीले एक सय ४५ मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल दुई सय ७१ मध्ये दुई सय ५२ मत खसेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements