काठमाडौं । काठमाडौंको पेप्सीकोलामा बस र बोलेरो जीप एकआपसमा ठोक्किएका छन् ।
आइतबार बिहान पेप्सीकोला छाप्रोस्थित सडकमा बस र बोलेरो ठोक्किएको काँडाघारी प्रहरीले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बस र बोलेरो ठोक्किँदा मोटरसाइकल र स्कुटरसमेत बीचमा च्यापिएको छ । तर, यसबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता