चन्द्रयान, चन्द्रलोक र शास्त्रीय व्यवस्था

डा. नारायणप्रसाद निरौला
डा. नारायणप्रसाद निरौला
Read Time = 14 mins

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले चन्द्रयान-३ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराएसँगै नयाँ तथ्य पनि बाहिर आउन थालेका छन् । अनुसन्धानका निम्ति पठाइएको रोवर प्रज्ञान केवल १४ दिनसम्म मात्र कार्य गर्न सक्षम रहनुको कारणका बारेमा पनि विशेष चर्चा भएको पाइन्छ । जसले चनद्रलोकको वैदिक अवधारणालाई पनि आजको सन्दर्भमा पुनर्ताजकी बनाएको छ । प्रज्ञान रोवर किन १४ दिनमात्र त्यहाँ विद्यमान रहन सक्छ भन्दा सूर्यको प्रकाश त्यस ठाउँमा १४ दिनसम्म पर्छ जसले सौर ऊर्जा प्राप्त हुन्छ र सहजतः कार्य गर्न रोवर सक्षम हुन्छ ।

सोपश्चात् सूर्यको प्रकाश हराउने भएकाले सक्रिय रहन सक्दैन भनी वैज्ञानिकले बताएका छन् । अर्थात् १४ दिनपछि उक्त स्थानमा सूर्यको प्रकाश शून्य रहन्छ । प्रकाश शून्य भएसँगै त्यहाँको तापमान पनि माइनस १८० डिग्रीसम्म झर्ने गर्दछ । उक्त यान त्यस समयमा अत्यधिक चिसोका कारण कार्य गर्न नसक्ने हुन्छ । यसबाट चन्द्रलोकमा हाम्रो १४ दिन उज्यालो र १४ दिन अँध्यारो रहन्छ भन्ने तथ्य जान्न सकिन्छ । वैदिक वाङ्मयमा पनि चन्द्रलोकका बारेमा यस्तै तथ्य बाइएको छ जुन आजको भौतिक विज्ञानसम्मत नै देखिन्छ ।

वेदमा चन्द्रमा सम्बन्धी विशेष चर्चा गरिएको छ । ‘चन्द्रमामनसो जातः ...’ भनी परमात्माको मनबाट चन्द्रमाको उत्पत्ति भएको बताइएको छ । चन्द्रमा सोम वा अमृत हुन् । चन्द्रलोकको व्यवस्था र पृथ्वीवासीको अन्तरसम्बन्धका बारेमा पनि वेदमा उल्लेख गरिएको छ । वेदको मुख्य अङ्ग ज्योतिषमा चन्द्रमाकै उपस्थितिका आधारमा महिनाका नाम निर्धारण भएका छन् । हाम्रो नामसँग पनि चन्द्रमाको प्रत्यक्ष सम्बन्ध रहेको छ । यसैगरी हाम्रा हरेक धार्मिक कार्यका सम्पादनमा चान्द्रतिथिलाई नै मुख्य रूपमा लिइन्छ । वैदिक वाङ्मयमा हाम्रो एक महिना बराबर चन्द्रमामा एक दिनरात रहने कुरा बताइएको छ । जुन कुरा आजको विक्रमल्याण्डरको आयुसँगै उक्त तथ्यलाई पनि उजागर गरेको पाइन्छ ।

वेदको मुख्य अङ्ग ज्योतिषमा चन्द्रमाकै उपस्थितिका आधारमा महिनाका नाम निर्धारण भएका छन् । हाम्रो नामसँग पनि चन्द्रमाको प्रत्यक्ष सम्बन्ध रहेको छ । यसैगरी हाम्रा हरेक धार्मिक कार्यका सम्पादनमा चान्द्रतिथिलाई नै मुख्य रूपमा लिइन्छ ।

चन्द्रलोकसँग हाम्रो प्रत्यक्ष सम्बन्ध रहेको छ । हाम्रा पञ्चाङ्ग यही चान्द्रमानलाई आधार मानेर निर्धारण हुन्छन् । मूलतः नक्षत्र चन्द्रमाकै गतिका आधारमा पत्ता लगाइन्छ भने तिथि, योग करण आदि विषय सूर्य र चन्द्रमाको गतिका आधारमा निर्धारण हुने गर्दछन् । वैदिक वाङ्मयमा चन्द्रमाको माथिल्लो भागमा पितृको निवासस्थान बताइएको छ । हाम्रो एक महिना बराबर चन्द्रलोकमा एक दिनरात हुन्छ । यही आधारलाई हेर्दा चन्द्रमामा १५ दिन उज्यालो र १५ दिन अँध्यारो रहन्छ । १५ दिन सूर्यको प्रकाश रहन्छ भन्ने वैदिक मान्यता हो ।

यही अवधारणासँग मिल्दोजुल्दो तथ्य विक्रम रोवरको सक्रियता रहने प्रसङ्गबाट पुष्टि हुन आएको छ । फरक १४ र १५ दिनको छ । मूलतः एक चान्द्र महिना २९/३१/५० दिनको हुन्छ (सिद्धान्तशिरोमणि, गोलाध्याय, मध्यमगतिवासना, श्लो.८) । मध्यम मानले ३० दिन वा तिथि बराबरको एक चान्द्र महिना मानिन्छ । यसरी हेर्दा आजको वैज्ञानिक खोज र शास्त्रले बताएका चन्द्रलोकसम्बन्धी विषयवस्तुमा साम्य रहेको पाइन्छ ।

पितृलोक चन्द्रमाको माथिल्लो भागमा अवस्थित छ । पितृको निवासस्थानका बारेमा ज्योतिषशास्त्रको सिद्धान्तशिरोमणिमा यसरी बताइएको छ : ‘विधूध्र्वभागे पितरोवसन्तः स्वाधः सुधादीधितमामनन्ति । पश्यन्तितेद्रर्कं निजमस्तकोध्र्वे दर्शे यतोद्रस्माद्द्युदलं तदैषाम् ।। भार्धान्तरत्वान्नविधोरधःस्थं तस्मान्निशीथः खलु पौर्णमास्याम् । कृष्णे रविःपक्षदलेद्रभ्युदेतिशुक्लेद्रस्तमेत्यर्थत एव सिद्धम् ।।’ (सिद्धान्तशिरोमणि, गोलाध्यायः, त्रिप्रश्नवासना, श्लो.१३-१४) अर्थात् चन्द्रमाको माथिल्लो भागमा पितृगणको निवासस्थान रहेको छ । त्यहाँ रहेकापितृले आफ्नो शिरमाथि पृथ्वीलाई देख्दछन् जसरी पृथ्वीवासीले चन्द्रमालाई देख्दछन् । यसैगरी उक्त स्थानबाट पितृले सूर्यलाई मध्यसमयमा आफ्नो शिरमाथि देख्दछन् जसरी मध्याहृनमा पृथ्वीलोकका हामीले सूर्यलाई देख्दछौँ ।

ADVERTISEMENT

पितृलाई औँसीमा झलमल्ल दिन हुन्छ भने पूर्णिमामा पूर्णतः अन्धकारमयी रात । अर्थात् हाम्रो एक चान्द्र महिना बराबर पितृको एक दिनरात हुन्छ । पृथ्वीवासीलाई कृृष्णपक्ष हु“दा पितृनिवासस्थान (चन्द्रमाको माथिल्लो भाग) मा झलमल्ल दिन हुन्छ । हाम्रो शुुक्ल पक्षमा पितृहरूको रात हुन्छ । जब कृष्ण पक्ष लाग्छ अनि पितृहरू जागा हुन्छन् र पृथ्वीवासीले अर्पण गरेका तोय (जल) पिण्डादि वस्तु प्राप्त प्राप्त गरी तृप्त हुन्छन् । ज्योतिषको सर्वप्राचीन ग्रन्थ सूर्यसिद्धान्तमा पितृको अहोरात्रको व्यवस्था यसरी बताइएको छ ः
‘त्रिंशतातिथिभिर्मासचन्द्रः पित्र्यमहः स्मृतम् ।
निशा च मासपक्षान्तौ तयोर्मध्ये विभागतः ।।’ (सूर्यसिद्धान्त, १४।१४ )
अर्थात् ३० तिथिको एक चान्द्रमास हुन्छ । यही एक महिना पितृको एक अहोरात्र (दिनरात) हुन्छ । पितृका निम्तिमा सान्त अर्थात् औँसीमा मध्य दिन र पूर्णिमामा मध्यरात्रि हुन्छ । यसैगरी ‘पितरः शशिगःपक्षं स्वदिनं च नरा भुवि ।।’ (सूर्यसिद्धान्त, १४।७४) अर्थात् चन्द्रमाको पृष्ठभागमा रहनेवाला पितृगण १५ दिन सूर्यलाई दर्शन गर्दछन् अर्थात् चन्द्रमाको पृष्ठमा १५ दिनको दिन तथा १५ दिनको रात हुन्छ । तर, भूपृष्ठवासीले आआफ्ना दिनमान अनुसार सूर्यको अवलोकन गर्छन् । यी तथ्य र आजको विक्रम ल्याण्डरको सक्रियता रहने समय मिल्दोजुल्दो देखिन्छ ।

जुन कुरा वैदिक वाङ्मयमा उल्लेख छ सोही कुरा आजको भौतिक विज्ञानको कसीमा पनि प्रमाणित हुँदै गएको दृष्टान्त मात्र हो । हाम्रा ज्ञानका स्रोत कति समृद्ध र वैज्ञानिक रहेछन् भन्ने कुराको सङ्केत मात्र हो । अध्यात्म र भौतिक पक्षका हाँगा भिन्न छन् । 

चन्द्रयानभौतिक विज्ञानले बनाएको र भौतिक वस्तुकै खोज अनुसन्धानका निम्ति तयार गरिएको हो । यसैले यसका अध्ययनका पाटा भौतिक पक्षको खोज अनुसन्धानमा केन्द्रित छन् । वेदले बताएका विषयवस्तु भौतिकभन्दा पनि अध्यात्मसँग अधिक सम्बन्धित छन् । यसमा अध्यात्मको पाटो भिन्नै छ । भौतिक कुरा दृक्सिद्ध हुन्छन् भने आध्यात्मिक अदृष्ट रहन्छन् । किनकि त्यो दिव्यदृष्टि हामीमा छैन । यसैले हामीले प्रत्यक्ष देख्ने र बुझ्ने विषयवस्तु भौतिक हुन् । यसरी पितृलोकमा हाम्रा यान एवं मानव नै पुगे पनि भौतिक चर्मचक्षुले पितृको दर्शन गर्न सक्दैनन् । किनकि हाम्रा चर्मचक्षुमा त्यो सामथ्र्य छैन । पितृ दिव्य रूप हुने भएकाले दिव्य रूपलाई हेर्न दिव्यदृष्टि नै चाहिन्छ । जुन अबको विज्ञानको खोजको विषय रहन सक्छ ।

हाम्रो एक वर्ष बराबर एक दिनरात रहने स्थानलाई देवताको निवासस्थान भनिएको छ । अर्थात् देवताको एक दिन हुँदा हाम्रो एक वर्ष व्यतीत हुन्छ । यसै गरी ब्रहृमलोकमा ब्रहृमाजीको एक दिन (१२ घण्टा) हुँदा हाम्रो पृथ्वीमा चार अर्ब ३२ करोड वर्ष हुन्छ भनी वैदिक वाङ्मयमा उल्लेख छ । हाम्रा ज्ञान नै विज्ञान हुन् र यीभन्दा पर केही छैन भन्न खोजिएको होइन । यस्ता विषयवस्तुको अध्ययन आजभन्दा हजारौँ वर्ष पहिले पनि भएको तथ्यलाई बताउन खोजिएको हो । जुन कुरा वैदिक वाङ्मयमा उल्लेख छ सोही कुरा आजको भौतिक विज्ञानको कसीमा पनि प्रमाणित हुँदै गएको दृष्टान्तमात्र हो । हाम्रा ज्ञानका स्रोत कति समृद्ध र वैज्ञानिक रहेछन् भन्ने कुराको सङ्केत मात्र हो । अध्यात्म र भौतिक पक्षका हाँगा भिन्न छन् ।

मूलतः वेदोक्त कुरा अध्यात्मसँग अधिक सम्बन्धित छन् । आजको विज्ञानले खोज्ने भौतिक विषयवस्तु हुन् । वैदिक वाङ्मयमा भौतिक र आध्यात्कि दुवै पक्षका बारेमा चर्चा गरिएको छ भने मूल रूपमा अध्यात्म केन्द्रित अधिक पाइन्छ । चन्द्रमालाई शीतकर भन्नु, चन्द्रलोकमा हाम्रो एक महिना बराबर एक दिनरात हुन्छ भन्नु, स्वर्गलोकमा हाम्रो एक वर्ष बराबर एक दिनरातको हुन्छ भन्नु, ब्रलोकमाएक दिन बराबर चार अर्ब बत्तीर करोड वर्ष हुन्छ भन्नु आजको भौतिक विज्ञानका पनि खोजका विषयवस्तु रहन सक्छन् । यही तथ्यका आधारमा तिथि, व्रतपर्व आदि विषयको निर्धारण गरिनुले अन्तरिक्षको अध्ययन वैदिक माङ्मयमा विद्यमान रहेको पुष्टि हुन्छ ।

आजको विज्ञानले दिएका तथ्यसँग वैदिक विषयवस्तु पनि मेल खानु संयोग मात्र नभएर तथ्यमा आधारित रहेको कुरा पनि जान्न सकिन्छ । जसलाई जुन कुराको आवश्यकता हुन्छ सोही कुराको विशेष खोज हुन्छ । वैदिक विषयवस्तु अध्यात्मसँग सम्बन्धित रहेकाले आध्यात्मिक पक्षको विशेष विचार विमर्श खोज अनुसन्धान गरिएको हो । हाम्रा धार्मिक कार्यसम्पादनमा सूर्य, चन्द्रमा लगायत नवग्रहलाई विशेष लिइनु, त्यसमा पनि सूर्य र चन्द्रमालाई ग्रहका राजाका रूपमा व्याख्या गरिनु, नक्षत्रका आधारमा हाम्रा नाम निर्धारण गरिनु अनि यही चान्द्रमानका आधारमा व्रत, पर्व, तिथि निर्धारण गरिनुले पनि पौरस्त्य वैदिक विज्ञान अन्तरिक्षको अध्ययनमा पनि केन्द्रित भएको कुरा पुष्टि हुन्छ । जुन कुरा आजको भौतिक विज्ञानले पनि पुष्टि गरिरहेको छ । यसैले वैदिक विषयवस्तु ज्ञानका पनि विशेष ज्ञान विज्ञान हुन् भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?