क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि सहकार्य

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरद्वारा बंगलादेश टुरिजम बोर्ड, बंगलादेश पर्यटन कर्पोरेशन र पर्यटनसँग सम्बन्धित सबै संघसंस्थाको सहकार्यमा अगष्ट २६ देखि ३० सम्म बंगलादेशको ढाका र कोक्स बजारमा आयोजित ‘क्रस बोर्डर टुरिजम विथ नेबर’ नामक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा सहभागिता जनाएको छ । नेपाल, भारत र बंगलादेशका सार्वजनिक र निजी पर्यटन क्षेत्रका सरोकारवाला गरी दुई सय ५० भन्दा बढी सहभागीलाई एकै ठाउँमा ल्याएर बंगलादेशको पर्यटन प्रवद्र्र्धन गर्ने तथा छिमेकी देशबीचको अन्तरदेशीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।

पाटा नेपालका अनुसार कार्यक्रम आयोजक पाटा बंगलादेश च्याप्टरका अध्यक्ष शाहिद हमिदको निमन्त्रणामा पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरको नेतृत्वमा १३ नेपाली पर्यटन प्रतिनिधि र भारतको सिलीगुडीस्थित हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्क (एचएचटिडिएन) का महासचिव सम्राट सन्यालको नेतृत्वमा १६ जना भारतीय पर्यटन व्यवसायीले विदेशी प्रतिनिधिका रूपमा सहभागिता जनाएका थिए । उक्त पाँचदिने परिचयात्मक भ्रमण एवं पर्यटन व्यापार आदानप्रदान कार्यक्रमको उद्घाटन २६ अगष्टमा बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एम महबुब अलीले गर्नुभएको थियो । कार्यक्रममा विदेशी प्रतिनिधिका लागि बंगलादेशको रमणीय एवं आकर्षक पर्यटकीय गन्तव्य तथा प्रोडक्टको परिचयात्मक भ्रमणसहित विदेशी प्रतिनिधि र स्थानीय पर्यटन उद्यमी तथा सरोकारवालाबीच ढाका र कक्स बजारमा बिटुबी आदानप्रदान सत्रसमेत आयोजना गरिएको थियो ।

ADVERTISEMENT

नेपाल र भारतका प्रतिनिधिसहित बंगलादेशको आयोजक टोली क्रस बोर्डर तथा क्षेत्रीय पर्यटन प्रवद्र्धन गर्न आवश्यक यात्रा औपचारिकतालाई सरल बनाउन र अन्तरदेशीय पर्यटकलाई आ–आफ्नो व्यवसायमा एकीकृत यात्रा प्याकेजका रूपमा प्रवद्र्धनलगायत अन्य महत्वपूर्ण कार्यमा आफ्नो कार्यदिशा, संलग्नता र वकालत प्रयास अघि बढाउन सहमत भएका छन् ।

कार्यक्रमलाई बंगलादेश टुरिजम बोर्ड, भिसा, बंगलादेश पर्यटन कर्पोरेशन, टुरिष्ट पुलिस बंगलादेश, पाटा नेपाल च्याप्टर, एचएचटिडिएन, नोभो एयर, युएस बंगला एयरलाइन्स, ढाका रिजेन्सी होटल एण्ड रिसोर्ट, बेष्ट वेष्टर्न प्लस माया, डिबिसी न्यूज, कान्भोय सर्भिस, सिल्भर वेभ टुर्स लिमिटेड, इन्टरकन्टिनेन्टल ढाका, रिभरिन टुर्स, सेन्ट मार्टिन ट्राभल्स, ग्रिन होलिडेज, होटल कोल्लोल, बेंगाल इन, सेक्युरेक्स, पाटा बंगलादेश, ढाका युनिभर्सिटी स्टुडेन्ट च्याप्टर र कक्स बजार सिटी कलेजलगायतले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज