कोशी प्रदेशको धरानमा केहीअघि भएको घटनाले जो कोहीलाई पनि व्यथित र दुःखी बनाउने काम ग¥यो । लोकतन्त्रमा स्वतन्त्रता सबैलाई छ तर स्वच्छनदताको छुट कसैलाई पनि छैन । हामीले आफ्नो धर्म-संस्कृतिको अभ्यास गर्ने क्रममा अरूको धार्मिक भावना, मान्यता र सम्वेदनशीलताको सम्मान गर्न सक्नुपर्छ । सामाजिक सञ्जालमार्फत संवेदनशील प्रतिबन्धित घोषित र गहिरो आस्थाको प्रतीक मानिएको मातातुल्य गाईको मासु खाँदै गरेको फोटो सार्वजनिक हुनु घोर आपत्तिजनक, निन्दनीय र दण्डनीय अपराध पनि हो । सरकारले त्यस घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सामेल जो कोहीमाथि पनि कठोर कारबाही गर्नुपर्छ ।
पैसाको लोभमा धर्म परिवर्तन गरी इसाई बनेकाहरूले पक्कै पनि विदेशी पश्चिमाहरूको इसारामा यस्तो पाशविक काम गरेको हुनुपर्छ । पटक-पटक हिन्दुहरूको धैर्य, सहनशीलता र सज्जनतामाथि प्रहार गर्ने काम हुँदै आएको छ । घटनाको तल्लो तहसम्म गई यसको सत्य–तथ्य सार्वजनिक हुनुपर्छ । देशी विदेशी षड्यन्त्रकर्तालाई नंग्याउनुपर्छ । यस मामिलामा राज्यले आफ्नो दह्रो उपस्थिति सावित गर्नुपर्छ । धरान घटना फेरि पनि नहोस् भने दिशामा सत्कारको ध्यान जानु आवश्यक छ ।
सनातनदेखि भन्नाले हिन्दु संस्कृतिलाई मात्रै बुझाउँछ । नेपालमा आदिकालदेखि त सनातन धर्म मात्रै रहिआएको छ । सनातनदेखि चलिआएको धर्म, संस्कृति र हिन्दु र बौद्धमात्रै हो । अपवादका एक दुई घटना भएका नेपालका मुसलमानहरू एक अर्कासित मिलेर बसेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक हो । विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एक अर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताप्रति अनुबन्धित रही आएको छ । बहुसंख्यक हिन्दु भएर पनि हिन्दु समाजले धर्म निरपेक्षतालाई स्वीकार गरेको हो । यो नै हिन्दु धर्मको उदारता र विशालता हो । हिन्दु धर्म ‘विश्व सहोदरा’ सर्वधर्म समभाव र वसुधैव कुटुम्बकमको पवित्र मूल मन्त्रमाथि विश्वास राख्दछ । बाँच र बाँच्न देउको मन्त्रमा विश्वास गर्ने बहुसंख्यक नेपालीलाई अकारण उत्तेजित गर्ने काम भएको हो । धर्म निरपेक्षताको माध्यमवाट राज्यले प्रत्येक धार्मिक आस्थालाई स्वतन्त्रता प्रदान गरेको छ तर एक अर्काको धार्मिक अभ्यास खलल पार्ने गरी कुनै काम व्यवहार गर्न कानुनले निषेध गरेको छ ।
नेपालको संविधानको धारा-४ मा नेपाल राज्य (१) ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’ भनेर लेखिएको छ । त्यसै धारामा धर्मनिरपेक्षताबारे स्पष्टीकरण पनि लेखिएको छ, जसमा यस धाराको प्रयोजनको लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झिनुपर्छ’, भनिएको छ । यो स्पष्टीकरण पनि स्पष्ट छैन । मस्यौदाकारले धूर्तता गरेर सनातन शब्दको प्रयोग गरी यसलाई विभिन्न तरिकाले परिभाषित गर्न सकिने विकल्प राखेका छन् ।
हुनतः सनातनदेखि भन्नाले हिन्दु संस्कृतिलाई मात्रै बुझाउँछ । नेपालमा आदिकालदेखि त सनातन धर्म मात्रै रहिआएको छ । यसको संरक्षणको कुरा गरिएको छ । संरक्षणको अर्थले विशेष महत्व एवं हेरचाह गर्नु हो । सनातनदेखि चलिआएको धर्म, संस्कृति र हिन्दु र बौद्धमात्रै हो । अपवादका एक दुई घटना भएका नेपालका मुसलमानहरू एक अर्कासित मिलेर बसेका छन् । उनीहरूले कहिल्यै हिन्दु राष्ट्रको मान्यताप्रति प्रश्न चिहृन उठाएनन् । नेपाल हिन्दु राष्ट्र भएकोमा आपत्ति पनि थिएन तर सबैको इच्छाविपरीत देशलाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरियो र इसाईहरूले आफ्नो निम्ति हिन्दुको तीर्थस्थलसमेत पनि भागको दाबी गर्न थाले अनि समाजमा विद्धेष उत्पन्न हुन थाल्यो ।
इसाईहरूले पशुपतिनाथको मन्दिर परिसरमा श्मशान घाटका लागि जग्गाको दाबी गर्नु उच्छि«ंखलताको पराकाष्ठा थियो । आफ्नो धर्म संस्कृतिलाई बिर्सिँदै पैसाको लोभमा हिन्दु र बौद्धबाट धर्म परिवर्तन गरी इसाई बनेकाहरू विदेशी इसाई मिसिनरीको इसारामा सधैं नै हिन्दु धर्मका समर्थकहरूसित लड्न-भीड्न चाहन्छन् र यसै आधारमा केही हासिल गर्न सकिन्छ कि भन्ने मानसिकता बनाएका छन् । नेपालमा विगत १७-१८ वर्षमा जुन गतिमा चर्चहरूको संख्या बढेको छ, यसले निकै कम समयमा हिन्दु मन्दिर र बौद्धहरूको गुम्बाको संख्यालाई उछिन्नेछ । स्थानीयस्तरमा धेरै हिन्दुहरू यससित हामीलाई के मतलब भनेर चुप लागेर बसेका छन् ।
नेपाल हिन्दु राष्ट्र भएर पनि यहाँ हिन्दु धर्मका लागि कुनै विशेष छुट अथवा अवसर थिएन । गाउँघरमा मन्दिरको नाममा रहेका जग्गाको अतिक्रमण गर्ने काम भइरहृयो । गुठीका जग्गाको नाममा देशभरिका मन्दिर र गुम्बाका जमिनलाई राज्यको अधिनत राखियो ।
नेपाललाई १७ वर्षअघिसम्म विश्वको एकमात्र हिन्दु राष्ट्र मानिन्थ्यो । जनआन्दोलन-२ को सफलतासँगै नेपाललाई हिन्दु धर्मसापेक्ष राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरियो । नेपाल घोषित रूपमा हिन्दु राष्ट्र रहँदा पनि देश र समाजमा कुनै समस्या थिएन । सबै मिलेर बस्दथे । सबैले एकअर्काको धर्म-संस्कृतिको सम्मान गर्दथे । समाजमा कुनै वैमनस्मता थिएन । नेकपा माओवादीको एक दशक लामो सशस्त्र संघर्षमा हिन्दु धर्म संस्कृतिको विरोधमा र संस्कृत भाषाको विरोधमा नकारात्मक तरिकाले प्रचारवाची गरियो । हिन्दु धर्मका कार्यकर्ता, कथा वाचक, संस्कृत पढाउने शिक्षक, पढने विद्यार्थी र केही ठाउँमा त मन्दिरका पुजारीलाई समेत अपमानित गरियो । यसरी देशभित्र माओवादीले हिन्दुहरूको मनोवललाई कमजोर बनाउने काम गर्यो ।
नेपाल हिन्दु राष्ट्र भएर पनि यहाँ हिन्दु धर्मको लागि कुनै विशेष छुट अथवा अवसर थिएन । गाउँघरमा मन्दिरको नाममा रहेका जग्गाको अतिक्रमण गर्ने काम भइरहृयो । गुठीका जग्गाको नाममा देशभरिका मन्दिर र गुम्बाका जमिनलाई राज्यको अधिनत राखियो तर यसबाट लाभ भने हिन्दु मठमन्दिरलाई भएन । माओवादी पार्टी राष्ट्रिय राजनीतिको मूलधारमा समाहित भएपछि तिनका कार्यकर्ताहरूले पशुपतिनाथको मन्दिरमा पुजारी फेर्ने अभियान चलाए ।
हिन्दु धर्मका प्रसिद्ध मन्दिरहरूमा हस्तक्षेप गर्ने अभिप्रायले आम्दनी र खर्चको व्यहोरा माग्न थालियो । जबकि यो अधिकार त केबल सरकारलाई मात्रै हुनुपर्ने हो । जनकपुरको विश्व प्रसिद्ध जानकी मन्दिरमा पनि विवाद सिर्जना गर्ने काम भएको थियो । विस्तार–विस्तारै माओवादीका नेताहरू पनि व्यावहारिक हुन थालेका छन्, भरसक अतीतका कमी कमजोरीबाट केही सिक्न चाहिँ रहेका छन् । नेपालमा फिलिपिन्सको युनिफिकेसन चर्चका प्रमुखको आगमनमा होली वाइनलाई प्रसादको रूपमा ग्रहण गर्ने कार्यमा देशका प्रायः सबैजसो दलका नेताहरू सहभागी थिए । मन्दिरको प्रसाद ग्रहण गर्दा आफूलाई धर्मनिरपेक्ष बताउनेहरूले होली वाइन ग्रहण गर्ने बेलामा अन्यथा मानेनन् ।
धरान घटनाप्रति देशका प्रधानमन्त्री र गृहमन्त्रीले पनि चिन्ता व्यक्त गरेका छन् तथा एक अर्काको धर्म संस्कृतिविरुद्ध हुने द्वेषपूर्ण कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने चेतावनी दिएका छन् । उनले नेपालमा परापूर्वकालदेखि कायम रहँदै आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पुग्ने कुनै किसिमको कार्य हुन नदिने सरकार दृढ रहेको दाबी गरेका छन् । धरान घटनाका दोषीमाथि कठोर कारबाही भएमात्रै सरकारको घोषणाप्रति जनताले विश्वास गर्ने छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा