जङ्गली च्याउ खाँदा बझाङमा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ६ नौरामा जङ्गली विषालु च्याउ खाँदा नौराका स्थानीय लक्ष्मण कठायतका ७ वर्षिया छोरी सञ्जिला कठायतको ज्यान गएको हो ।

च्याउ खाँदा बिरामी परेकी सञ्जिलालाई बुधबार राति नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बिच बाटोमै ज्यान गएको छ ।

उहाँका ११ वर्षिय छोरा सुदिपको अवस्था पनि गम्भीर रहेको छ । बिहीबार उपचारको लागि जिल्ला अस्पताल ल्याइएका उनको अवस्था गम्भीर भएपछि थप उपचारको लागि धनगढी रेफर गरिएको अस्पतालले जनाएको छ ।

ADVERTISEMENT

लक्ष्मण कठायतका श्रीमती पुनी कठायत भने जिल्ला अस्पताल बझाङमा उपचार पश्चात घर फर्किएको जयपृथ्वी नगरपालिका ६ का वडाध्यक्ष नरेन्द्र बहादुर सिंहले बताउनुभयो ।

उनको अवस्था अहिले सामान्य रहेको छ । बुधबार राति घरमाथिको लेकबाट ल्याएको बिसालु जंगली च्याउ खाँदा लक्ष्मण कठायतका श्रीमती, एक छोरा र एक छोरी सहित तीन जना गम्भिर बिरामी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज