काठमाडौं । स्मार्ट क्युआरले बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्युआरमार्फत् भुक्तानीमा पुनः छुट दिने भएको छ । छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत् भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
छुटअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने बताइएको छ । स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट तथा विभिन्न सहकारीका एपमार्फत ग्राहकले बिगमार्टका सम्पूर्ण शाखामा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements