काठमाडौं । बागमती प्रदेश दुग्ध विकास बोर्डअन्तर्गत बागमती प्रदेशमा दुग्ध क्षेत्र सुधार समितिले पहिलोपटक सरोकारवालासँग काठमाडौंमा छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लभ सापकोटा, बोर्डकी निमित्त निर्देशक डा. सजिना ज्ञवाली, नेपाल डेरी एसोसिएसन केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रीय सदस्य रमेश सञ्जेल, एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरे, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाको सहभागिता थियो ।
एसोसिएसनका अध्यक्ष दाहालले हाल लम्पी स्किनका कारण लाखौं पशु संक्रमित भएका र ५०औँ हजार मरेकाले किसानलाई ठूलो क्षति भएको र दुध उत्पादनमा समेत कमी भएको बताउनुभयो । तत्काल दूध अभाव नदेखिए तापनि आगामी सिजन फागुनबाट दूधको ठूलो अभाव हुने उहाँको भनाइ थियो । दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष सापकोटाले देशमा लम्पी स्किन रोगका कारण दूध कम हुनुपर्नेमा दूध बढी भएर मिल्क होलिडेको अवस्था आएको बताउनुभयो । भारतबाट अवैध बाटो हुँदै दैनिक लाखौँ लिटर दूध भित्रिँदा समस्या आएको भन्दै तत्काल सीमा नाकामा कडाइ गरिनुपर्ने उहाँले बताउनुभयो । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले अहिलेको समस्या समाधान गर्न राज्यले सहयोग नगरे थप समस्या आउन सक्ने बताउनुभयो । बोर्डका निमित्त निर्देशक ज्ञवालीले अहिले देखिएका समस्या हल गर्न नै छलफल आयोजना गरिएको बताउनुभयो ।
बोर्डका उपाध्यक्ष सापकोटाले किसानले उत्पादन गरेको दूध बिक्री हुन नसकेको, बिक्री हुँदा पनि उद्योगबाट समयमै भुक्तानी नपाएकाले तत्काल दुग्ध विकास संस्थान र निजी उद्योगले समयमै किसानको भुक्तानी गर्नुपर्ने बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements