गोप्य र सामान्य तरिकाले गरियो बाग्नर समूहका प्रमुखको अन्त्येष्टि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मस्को । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको अन्त्येष्टि उनको गृहनगर सेन्ट पिटर्सबर्गको बाहिरी भागमा रहेको चिहानमा निजी तथा सामान्य रूपमा गरिएको छ ।

गत हप्ता विमान दुर्घटनामा उनको मृत्यु भएको थियो । येभगेनीको विदाई बन्द ढाँचा (बक्स) मा भएको थियो, उनको प्रेस सेवाले उनको फोटोको साथ टेलिग्राममा छोटो पोस्टमा भन्यो, ‘अलविदा भन्न चाहनेहरू पोरोखोभ्सकोय कब्रिस्तानमा जान सक्छन्।’

सन् १९९९ मा सत्तामा आए पछि उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शासनको सबैभन्दा ठूलो चुनौतीका रूपमा उभिएका थिए, जो २३ अगस्टमा विमान दुर्घटनामा मारिए । गोप्य रूपमा उनको अन्त्येष्टिको व्यवस्था गरिएको रुसी सञ्चार माध्यमले जनाएका छन् ।

ADVERTISEMENT

यसअघि क्रेमलिनले भ्लादिमिर पुटिन अन्तिम संस्कारमा सहभागी नहुने बताएको थियो । राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले वाग्नर प्रमुखको परिवारको लागि अन्त्येष्टि प्रबन्धको विषय भएको बताए। ‘उनको अन्तिम संस्कार कहिले हुन्छ ? थाहा छैन, प्रिगोजिनको अन्त्येष्टिमा राष्ट्रपतिको उपस्थिति योजना गरिएको छैन, पेस्कोभले भनेका थिए, ‘हामीसँग अन्त्येष्टिको बारेमा कुनै विशेष जानकारी पनि छैन्।’

वाग्नरका अन्य दुई वरिष्ठ अधिकारी, प्रिगोजिनका चार अंगरक्षक र तीन चालक दलका सदस्य पनि विमान दुर्घटनामा मारिएका थिए। घटनाको छानबिन समितिले अहिलेसम्म घटनाको सम्भावित कारणको सूची सार्वजनिक गरेको छैन । यद्यपि, पश्चिमी गुप्तचर मूल्यांकनहरूले विष्फोट जानाजानी भएको निष्कर्ष निकालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज