राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण काँग्रेसलाई स्वीकार्य छैन : गगन थापा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण नेपाली काँग्रेसलाई स्वीकार्य नभएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै महामन्त्री थापाले सो विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको भन्दै त्यसको बिरोध गर्नुभएको हो । उहाँले काँग्रेसलाई राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरण स्वीकार्य नभएको भन्दै यो विधेयकको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले यो विधेयकको भारी बिसाउन र हटाउन कानूनमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको भन्दै आफूहरु हेपिनेकि नहेपिने यसपटक देखाउनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो – ‘यो विधेयकमा मुलुकी फौजदारी संहीताको संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी जुन प्रावधान ल्याएको छ, नेपाली काँग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरण को व्यवस्था हामीलाई स्वीकार्य छैन । माननीय कानूनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुस् । यसलाई बिसाउनुस् । यसलाई हटाउनुस् ।’

उहाँले वातावरण संरक्षण ऐनमा मन्त्रालयले स्वीकृत गर्ने ल्याइएको प्रावधान मन्त्रालयले स्वीकृत भएपनि अहिले विभागबाट गर्ने भनेर ल्याइएकोप्रति पनि बिरोध जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज