सम्पर्कविहीन नेपाली सेनाका गुल्मपति पण्डितको खोजी जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा अवस्थित नेपाली सेनाको नन्द बक्स क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएको दुई दिन बित्दा पनि अझै फेला पर्नुभएको छैन ।

आइतबार साँझदेखि हराइरहनुभएका पण्डित मंगलबार बिहानसम्म पनि सम्पर्कमा नआउनुभएको हो ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार आइतबार साँझ ब्यारेकबाट एक घन्टाको दुरीमा रहेको त्रिपुराकोटमा देखिनुभएको थियो ।

ADVERTISEMENT

मोबाइलको अन्तिम लोकेसन पनि त्यहीँकै देखाएको बताइएको छ ।

आइतबार अपराह्न ४ः५५ बजे ब्यारेकबाट निस्किएको र सम्पर्कविहीन भएको डोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँलाई प्रहरी र नेपाली सेनाले सोमबारदेखि निरन्तर खोजतलास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *