गायिका समिक्षा अधिकारीद्वारा मानसिक यातना दिएको भन्दै प्रहरीमा उजुरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । गायिका समिक्षा अधिकारीले गलत तथा झुटो खवर फैलाएर आफूलाई मानसिक यातना दिएको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ ।

केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाईको बिषयलाई लिएर सामाजिक सञ्जालमा आफूलाई 'अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेको' भन्ने झुटो खबर फैलाईएको भन्दै उहाँले प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएको हो ।

वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जीन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको उहाँले बताउनु भएको छ ।

ADVERTISEMENT

साथै, सबै सञ्चारमाध्यमहरूलाई पनि यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गरिदिन उहाँले अनुरोध समेत गर्नुभएको छ ।

केही दिन अघि विभिन्न सञ्चारमाध्यामले गायिका अधिकारीले दिदीलाई उतै छोडेर आएपछि फेरि तीज कार्यक्रमका लागि अष्ट्रेलिया जान अर्की एकजना केयर टेकरसहित आफ्नो भिसा अप्लाई गर्दा अष्ट्रेलियाले अधिकारीलाई भिसा नदिएर प्रतिबन्ध नै लगाएको भन्ने समाचार सम्प्रेषण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *