साताको पहिलो दिन आज नेप्सेमा खराव सुरुवात

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साताको पहिलो दिन आज आईतबार नेप्से २० दशमलव ५४ अंकले घटेर १९ सय ९३ दशमलव ३८ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव ४४ अंकले घटेर तीन सय ८२ दशमलव ११ अंकमा पुगेको छ ।

दुई सय ८० वटा कम्पनीहरुको ३८ हजार छ सय ६६ पटकको कारोबारमा ३८ लाख ९५ हजार दुई सय ३६ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ रुपैंयाँ ५५ पैसा कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ३७ अंकले घटेर १२ सय ५९ दशमलव २२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३६ दशमलव ७७ अंकले घटेर दुई हजार ५६ दशमलव ४५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय चार दशमलव ६२ अंकले घटेर १० हजार नौं सय ३५ दशमलव २९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय २८ दशमलव ६७ अंकले घटेर १० हजार छ सय दुई दशमलव ६७ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

ADVERTISEMENT

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुथेली बुखरी स्मल हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा मकर जितुमाया सुरी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एशियन लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज