काठमाडौं । रैथाने हाट बजारमा निःशुल्क मोही सेवन गराउन नेपाल डेरी एसोसिएसनले सम्झौता गरेको छ । शनिबार एक कार्यक्रमबीच रैथाने एग्री प्रोडक्ट्स नेपाल प्रालिका सञ्चालक तिलक ढकाल र एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सो अवसरमा पूर्वसंस्कृति तथा पर्यटन प्रदेशमन्त्री याङ्किला शेर्पा र बागमती प्रदेशका सांसद रमेशकुमार महत, मकवानपुर गाउँपालिका अध्यक्ष दोर्जे लामा, अनाजका अध्यक्ष किरण आचार्य, एसोसिएसनका सदस्य शिव घिमिरे, नवराज तिमल्सिना, रमेश सञ्जेल, बागमती प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरे, काठमाडौं जिल्ला समितिका सचिव शिवप्रसाद तिमल्सिना र सदस्य जयराम घिमिरे, ललितपुर दुग्ध व्यवसायी समितिका उपाध्यक्ष दिपक सञ्जेल, कोषाध्यक्ष हुद्धराज तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।
एसोसिएसनको सहयोगमा अब प्रत्येक शनिबार काठमाडौंको दरबार मार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरणका लागि आयोजना हुने हाट बजारमा प्रत्यक्ष ठेकीमा मोही तुल्याएर निःशुल्क खुवाउने कार्यक्रम रहनेछ । अभियानले युवा पुस्तामा नेपालका मौलिक उत्पादन र रैथाने उत्पादनको ज्ञान प्रदान गर्न सहयोग पुग्ने एसोसिएसन बागमती अध्यक्ष टीकाप्रसाद घिमिरेले बताउनुभएको छ ।
रैथाने एग्री प्रोडक्ट्सका ढकालले सन्ततिले अब रैथाने उत्पादन र संस्कृति बिर्सिंदै गएका बेला सोको जगेर्नामा एसोसिएसनले गरेको पहलको प्रशंसा गर्नुभयो । एसोसिएसनले हरेक हप्ता लाग्ने हाट बजारमा बिहान ६ बजेदेखि १२ बजेभित्र रैथाने कृषि सामग्री अवलोकन एवं खरिद गर्न सबैलाई आहृवान गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts