चन्द्रयान-३ अबतरण भएको चन्द्रमाको स्थललाई मोदीले नाम दिए ‘शिबशक्ति पोइन्ट’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

बैंग्लोर । प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोका वैज्ञानिकहरूलाई भेटेर चन्द्रयान-३ मिशनको सफलताको लागि बधाई दिएका छन् ।

सो क्रममा वैज्ञानिकहरूलाई सम्बोधन गर्दै मोदीले धेरै ठूला घोषणाहरू गरेका छन्, जसमध्ये एउटा अनुसार चन्द्रयान-३ मिशनको ल्यान्डर विक्रमले छोएको ठाउँलाई अबदेखि ‘शिव शक्ति पोइन्ट’ भनेर चिनिनेछ। यसका साथै पीएम मोदीले  ‘तिरंगा प्वाइन्ट’ र  ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने घोषणा पनि गरेका छन् ।

यस नामकरणको कारण स्पष्ट गर्दै प्रधानमन्त्रीले अन्तरिक्ष अभियानको ‘टच डाउन पोइन्ट’लाई नाम दिने चलन रहेको बताए । भारतले चन्द्रमाको जुन भागमा हाम्रो चन्द्रयान अवतरण गरेको छ, त्यसको नाम पनि राख्ने निर्णय गरेको छ । चन्द्रयान-३ को ल्यान्डर जुन ठाउँमा अवतरण भयो, अब त्यो बिन्दुलाई  ‘शिव-शक्ति’ भनिनेछ । शिवमा मानवताको कल्याणको संकल्प छ र शक्तिले हामीलाई ती संकल्पहरू पूरा गर्ने क्षमता दिन्छ। चन्द्रमाको शिव शक्ति बिन्दुले कन्या कुमारीसँग हिमालय जोडिएको आभास दिन्छ।

ADVERTISEMENT

चन्द्रयान-३ को सफलतामा प्रधानमन्त्री मोदीले चन्द्रयान-२ को प्रयासलाई पनि स्मरण गरेका छन, उनले चन्द्रयान-२ ले चन्द्रमामा पाइलाको छाप छोडेको बिन्दुलाई अब ‘तिरंगा’ भनिने घोषणा गरे । ‘यो ‘तिरंगा’ बिन्दु भारतको हरेक प्रयासको प्रेरणा बन्नेछ। यो तिरंगा बिन्दुले हामीलाई सिकाउनेछ कि कुनै पनि असफलता अन्तिम हुँदैन,’ उनले भने ।

प्रधानमन्त्रीले अगस्ट २३ मा भारतले चन्द्रमामा तिरंगा फहराए पछि त्यस दिनलाई अब राष्ट्रिय अन्तरिक्ष दिवसका रूपमा मनाइनेसमेत बताए । प्रधानमन्त्री मोदीले भारत पक्कै पनि अन्तरिक्ष र प्रविधिको क्षेत्रमा विश्व नेताको रूपमा उभिने बताएका छन्। अनुसन्धानको यो शक्तिले भारतलाई नयाँ उचाइमा पुर्‍याउने छ र २०४७ मा भारतलाई विकसित देश बनाउने छ।

भारतका धर्म ग्रन्थहरूमा पाइने खगोलीय सूत्रहरूलाई वैज्ञानिक रूपमा प्रमाणित गर्न नयाँ पुस्ताहरू तिनीहरूलाई नयाँ अध्ययन गर्न अगाडि आएमा यो हाम्रो सम्पदा र विज्ञानको लागि महत्त्वपूर्ण छ, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?