काठमाडौं । हाम्रो भान्सामा प्रयोग हुने मसला औषधीय गुणले भरिपूर्ण हुन्छन् । तिनको सही प्रयोगले हाम्रो स्वास्थ्यमा अद्भूत फाइदा पुर्याउँछ । आउनुहोस् यहाँ चर्चा गरौँ हाम्रो भान्सामा प्रयोग हुने मसला जिराका बारेमा । घरको भान्छामा यस्ता धेरै तत्व हुन्छन् जसको उचित प्रयोग गर्दा धेरै स्वास्थ्य लाभ हुन्छ । तीमध्ये एक हो जिरा ।
मसलाका रूपमा प्रयोग गरिने जिराका स्वास्थ्यलाई गर्ने थुप्रै फाइदा छन् । हाम्रो सम्पूर्ण अंगका लागि जिरा फलदायी हुन्छ । यदि तपार्इंले जिराका केही दानाको दैनिक खानामा सहभागी गराउनुभयो भयो धेरै फाइदा लिन सक्नुहुन्छ ।
परापूर्वकालदेखि आजको वैज्ञानिक युगसम्म नै जिरा मानिसलाई पिसाब लगाउने, ठुस्स पेट फुलेको निको गर्ने, महिनावारी गडबड हुने समस्यामा समयमै महिनावारी गराउने, यौन तागत तथा यौन इच्छा बढाउने ओखतीका रूपमा प्रयोग हुने गरेको पाइन्छ । ४०० भन्दा धेरै वैज्ञानिक अनुसन्धानले जिरामा अनगिन्ती औषधीय गुणसमेत रहेको प्रमाणित गरिदिएको छ । हामीले खाने खानामा रहेका पोषक तत्वहरूलाई शरीरले आन्द्राबाट सोसेर लिन जिराका सारतत्वहरू अत्यन्त सहयोगी हुने पाइएको छ । जिराको सारतत्व शरीरको सामान्य तागत बढाउन र जुझारु राख्न सहयोगी हुने गर्छ । खानामा जिरा संलग्न गरी खाने गर्दा मानिसको सामान्य पाचन शक्ति बलिष्ठ पार्न सकिने कुरा अनुसन्धानले पुष्टि गरेको छ ।
जिराले पहिलो कुरा हाम्रो तरकारीलाई स्वादिलो बनाउँछ भने यसले पाचन क्रिया राम्रो बनाउँछ । यस्तै, शरीरमा भएको बोसो नियन्त्रण गर्न, कोलेस्ट्रोल कम गर्न, मोटोपन घटाउन यो सहयोगी हुन्छ । त्यस्तै, नियमित जिरा सेवन मधुमेहको रोकथामका लागि सहयोगी हुन्छ भने यसले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । त्यस्तै, यसले पायल्सबाट राहत दिन्छ भने महिलाको सेतो पानी बग्ने समस्या समाधानका लागि अचुक ओखतीका रूपमा यसलाई लिइन्छ । हाम्रो स्वर भासिएका बेला पनि जिराले नाटकीय सुधार ल्याउँछ भने घाँटी खसखस गर्दा जिराका केही दाना मुखमा राखेर चुस्ता फाइदा हुन्छ ।
यस्तै, जिराको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसलाई दैनिक पिउनाले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । दैनिक जिराको पानी पिउनाले पाचनसम्बन्धी समस्या निको हुन्छ । यसले पेट राम्रोसँग सफा गर्छ । तपाईंलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि दैनिक एक चम्चा जिरा सेवन गर्नाले बोसो तीन गुणा छिटो घट्छ ।
परापूर्वकालदेखि आजको वैज्ञानिक युगसम्म नै जिरा मानिसलाई पिसाब लगाउने, ठुस्स पेट फुलेको निको गर्ने, महिनावारी गडबड हुने समस्यामा समयमै महिनावारी गराउने, यौन तागत तथा यौन इच्छा बढाउने ओखतीका रूपमा प्रयोग हुने गरेको पाइन्छ । ४०० भन्दा धेरै वैज्ञानिक अनुसन्धानले जिरामा अनगिन्ती औषधीय गुणसमेत रहेको प्रमाणित गरिदिएको छ । हामीले खाने खानामा रहेका पोषक तत्वहरूलाई शरीरले आन्द्राबाट सोसेर लिन जिराका सारतत्वहरू अत्यन्त सहयोगी हुने पाइएको छ । जिराको सारतत्व शरीरको सामान्य तागत बढाउन र जुझारु राख्न सहयोगी हुने गर्छ । खानामा जिरा संलग्न गरी खाने गर्दा मानिसको सामान्य पाचन शक्ति बलिष्ठ पार्न सकिने कुरा अनुसन्धानले पुष्टि गरेको छ ।
हरेक कुराका फाइदा र बेफाइदा हुन्छन् । निश्चित मात्रामा प्रयोग गर्दा फाइदा हुन्छ भने त्यसको धेरै मात्रा प्रयोग गर्दा बेफाइदा हुन्छ । जिराका पनि केही बेफाइदा रहेको विज्ञहरूको भनाइ छ । आउनुहोस् चर्चा गरौँ के छन् त जिराका बेफाइदा ।
जिराले पेटमा हुने ग्याँसको समस्या कम गर्न मद्दत गर्छ । तर, यसले छाती पोल्ने समस्या पनि पैदा गर्छ । जिराले तीव्र गतिमा ग्याँस निकाल्ने काम गर्ने भएकाले मानिसहरूमा छाती पोल्ने समस्या हुन्छ भने कहिलेकाहीँ डकार पनि आउने गर्छ ।
यस्तै, जिरामा हुने तेल अत्यधिक वाष्पशील हुन्छ । त्यसैले यसको धेरै सेवन गर्दा मिर्गौला र कलेजो खराब हुने सम्भावना बढ्छ । तर, यो समस्या लामो समयसम्म लगातार जिराको सेवन गर्दा मात्रै हुने चिकित्सकहरू बताउँछन् । त्यसैले जिराको सेवन उचित मात्रामा गर्नुपर्छ ।
त्यस्तै, जिराको अत्यधिक सेवनले मेन्टल क्लाउडिङ, धेरै निन्द्रा लाग्ने र शरीर बेचैन हुने जस्ता समस्या आउँछ ।
यसैगरी धेरै जिराको सेवनले रक्तचाप निकै कम भइदिन्छ । त्यसैले रगतमा चिनीको मात्रा नियन्त्रण गर्नका लागि जिराको सेवन गर्दा सही मात्रामा गर्नुपर्छ । यदि शल्यक्रिया गर्दै हुनुहुन्छ भने दुई हप्ताअगाडि नै जिराको सेवन गर्न छोड्नुपर्छ ।

This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts