वल्र्ड ट्रेड सेन्टरमा तीज मेला सुरु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा १४औँ संस्करणको तीज मेला बुधबारदेखि सुरु भएको छ । नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गर्दै सुरु भएको मेला उद्घाटन गर्दै अमन फाउण्डेसनकी अध्यक्ष तारादेवी गुरुङले उद्यम व्यवसायमा महिलाको सहभागिता बढ्दो अवस्थामा रहेको सन्दर्भमा मेला महोत्सवले उद्यमशीलता गर्न चाहने महिलालाई सहयोग पुग्ने बताउनुभयो ।

वल्र्ड ट्रेड सेन्टरको चौथो तलामा डिइसिसी नेपालले एएस इभेन्ट्स एण्ड मार्केटिङसँगको सहकार्यमा तीज मेलाको आयोजना गरेको हो । पाँच दिनसम्म चल्ने मेलामा एक सयभन्दा बढी स्टल रहेका छन् । तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलालाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्न आयोजना गरिएको डिइसिसीकी बजार प्रबन्धक स्मृति श्रेष्ठले जानकारी दिनुभयो ।

ADVERTISEMENT

विशेषगरी महिला उद्यमी तथा व्यवसायीको व्यवसाय विस्तार एवं प्रवद्र्धनको लक्ष्यसहित मेला आयोजना गरिएको एएस इभेन्ट्स एण्ड मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताउनुभयो । मेलामा नेपालका साथै छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश र अन्य देशका स्टल रहेका छन् ।

कोकाकोला, वुका, सनडाउन बाइ कर्मा, स्याङ्को, एक्सप्रेस थकाली, शिवशक्ति फेशन, भेस्पर वाइनलगायतका ब्राण्डको सहयोग रहेको मेलामा उल्लेखित ब्राण्डतर्फबाट मेला अवलोकनकर्तालाई आकर्षक उपहारसमेत व्यवस्था गरिएको छ । डे टु डे डोर प्राइज व्यवस्था गरिएको मेलामा फुड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?