इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

सिन्ह्वा । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ ।

मंगलवार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो । मन्त्रालयका अनुसार संक्रमित दुई जनामै सामान्य लक्षण देखिएको छ । उनीहरुलाई कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरुलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

ADVERTISEMENT

श्वासप्रश्वास सम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालहरुले पठाएको रिपोर्ट चेकजाँच गर्दा दुई जनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो । इजी.५ ओमिक्रोन भेरियन्टको अंश हो । यसको पहिलो केस फेब्रुअरिमा पुष्टि भएको थियो । अगस्ट ९ मा विश्वस्वास्थ्य संगठनले इजी.५ लाई ओमिक्रोनको अर्को प्रकारको रुपमा वर्गीकरण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज