काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मंगलबार बस्न नसकेको बैठक आज बस्न लागेको हो ।
बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित सदन अवरुद्ध गर्दै आइरहेको छ । सोमबार रातिको बैठकमा समिति बनाउने सहमति भएको थियो ।
मंगलबारको बैठकले समितिको विषयमा मस्यौदा बुझाउने र बैठकले त्यसलाई अन्तिम रूप दिने तयारी गरेको थियो । तर, ओलीको अनुपस्थितिमा बैठक बस्न सकेको थिएन ।






