काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वरिष्ठ नेतामा विष्णुप्रसाद भट्टराईलाई नियुक्त गरेको छ।
राप्रपा नेपालले पार्टीको विधान बमोजिम वरिष्ठ अधिवक्ता एवम् राजनीतिज्ञ विष्णुप्रसाद भट्टराईलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गरिएको जनाएको छ।
अध्यक्ष कमल थापाले उहाँलाई आज वरिष्ट नेतामा मनोनित गर्नुभएको हो ।






