स्विच अनको शोरुम गठ्ठाघरमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सामसुङ, हिमस्टार, चिन्ट, इण्डोएसियन, गलान्ज र अहुजालगायतका ब्राण्डको गन्तव्य स्विच अन रिटेलले भक्तपुरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । सामसुङ इलेक्ट्रोनिक्स नेपालका शाखा प्रमुख सङ जुन पाक, गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले सोमबार संयुक्त रूपमा स्विच अन रिटेलको उद्घाटन गरेका हुन् । काठमाडौंको नक्सालमा स्विच अन रिटेलको प्रमुख आउटलेट रहेको छ ।

ADVERTISEMENT

सो अवसरमा हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले भन्नुभयो, ‘स्विच अन रिटेललाई भक्तपुरमा परिचय गराउन पाउँदा हामी हर्षित छौँ, हाम्रो नयाँ आउटलेट घरेलु आवश्यकता पूरा गर्दै उपकरण र उत्पादनको विस्तृत शृंखला प्रदान गर्न समर्पित छ ।’ स्विच अन रिटेलले प्रतिष्ठित ब्राण्डका टिभी, फ्रिजदेखि लिएर बल्ब, घडीलगायत उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?