पशु सेवासम्बन्धी निकाय खारेजीविरुद्ध आन्दोलन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । सरकारले पशु सेवासँग सम्बन्धित झण्डै दुई दर्जन निकाय खारेजी गर्दै बजेट विनियोजन नगरेको भन्दै सरोकारवालाले आन्दोलन घोषणा गरेका छन् । पशुपन्छी क्षेत्रका विभिन्न एक दर्जन संघसंस्थाले आइतबार पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेका हुन् । चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमार्फत् पशुपन्छीसँग सम्बन्धित पशु क्वारेन्टाइन कार्यालय, पशु रोग अन्वेषण प्रयोगशाला, केन्द्रीय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, भेटेरेनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालालगायतको बजेट कटौती गरेको छ ।

पशु रोग अन्वेषण प्रयोगशाला, सार्क क्षेत्रीय सहयोग एकाई कार्यालय, पशु आनुवांशिक स्रोत केन्द्र, राष्ट्रिय दुग्ध विकास बोर्ड, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्रलगायतको चालु आर्थिक वर्ष पहिलो महिना बितिसक्दासमेत बजेट शूून्य हुँदा पशु रोग नियन्त्रण, पशु आनुवांशिक स्रोत तथा मत्स्य प्रजातिको संरक्षण, खोप उत्पादन, पशु रोगको सर्भिलेन्स तथा रोग निदानका कार्यसमेत भएको नेपाल भेटेरेनरी एसोसिएसनका अध्यक्ष रामकृष्ण खतिवडाले बताउनुभएको छ ।

सरकारले आवश्यक सेवाका रूपमा सूचीकृत गरेको भेटेरेनरी सेवा, क्वारेन्टिन तथा नियमन सेवा बन्द हुने अवस्थामा पुग्दा समग्र कृषक र पशुपन्छीसँग सम्बन्धित व्यवसायी तथा उद्योगीले पाउने सेवासमेत प्रभावित हुन पुगेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) का अध्यक्ष जनक रावलले बजेट आएको दिन जेठ १५ गते नेपाली पशुपालकका लागि कालो दिन साबित भन्दै नेपालको पशुपक्षी क्षेत्रको विकासमा सरकार संवेदनशील नबन्दा लम्पी स्किन रोगका कारण किसान मर्कामा परेको बताउनुभयो ।

आन्दोलन कार्यक्रमअन्तर्गत पशुसेवासँग सम्बन्धित सम्पूर्ण कार्यरत सेवा प्रदायकले कालोपट्टी बाँधेर सेवा गर्ने, भदौ ६ देखि १० गतेसम्म सरकारी निकायबाट प्रदान गरिने आवश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरी पेन डाउन गर्ने, जुलुस, धर्ना र दबाबका कार्यक्रम गर्ने र ११ गतेपछि जिम्मेवार निकायका प्रमुखको राजीनामा माग गर्ने, आवश्यक सेवासहित सम्पूर्ण भेटेरेनरी सेवा बन्द, निकासी पैठारीका लागि क्वारेन्टाइन प्रमाणपत्र तथा भेटेरेनरी प्रमाणपत्र जारी बन्द, आयात-निर्यात सिफारिस बन्द, सरकारी तथा निजी क्षेत्रबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गर्ने, सिंहदरबार घेराउ तथा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज