चितवन । सुख्खा पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका-६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सुक्खा पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध बनेको छ ।
सडक विभागसँग समन्वय गरी पहिरो हटाउने पहल भइरहेको छ । सो सडक खण्डमा बर्सात सुरु भएसँगै पटक पटक पहिरो खस्ने गरेको छ ।






