सर्वदलीय बैठक साँझ ७ बजे बस्ने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकको समय सरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको छ ।

मौसममा आएको खराबीका कारण सुर्खेतबाट प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्कन ढिलाई हुने भएपछि बैठकको समय सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

ADVERTISEMENT

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको हो।

यसअघि आइतबार पनि बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *