काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवासको जग्गा हिनामिना प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बोलाएर पूर्वमन्त्री चन्द्रदेव जोशीलाई बयान नलिई फर्काएको छ ।
बयानका लागि सोमबार जोशी सीआईबी कार्यालय पुग्नुभएको थियो। तर, सीआईबीले बयान नलिई फर्काएको जोशीले बताउनु भयो ।
‘पहिलोपटक सीआइबी प्रमुख आफैँले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरि अहिले नआउनु भनि खबर आयो । आज फेरि बोलाए बमोजिम सवा १ बजे सीआइबी कार्यालय पुगेको थिएँ । तर बयान नलिइ फेरि बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच