प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सर्वसम्मत अनुमोदन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको छ ।

आज बसेको बैठकले संसदीय सुनुवाइपछि श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

श्रेष्ठ सन् २०२४ को अक्टोबर ५ तारिखसम्म बहाल रहनुहुनेछ ।

ADVERTISEMENT

श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गर्नुभएको थियो ।

सुनुवाइका क्रममा उहाँले पारिवारिक विवाद हेर्नेछुट्टै इजलास वा अदालत गठन गर्नुपर्ने बताउनु भएको थियो ।

अदालतमा मुद्दाको बोझ बढेको जानकारी दिँदै उहाँले पारिवारिक विवाद, सम्बन्ध विच्छेद, अंश, मानाचामल, घरेलु हिंसा लगायतका विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने र महिलालाई कोर्ट शुल्क नलिने आफ्नो योजना सुनाउनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?