सुनको मूल्य घट्याे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा आज पनि मूल्य घटेको जनाएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम थियो । जुन, आज आइतबार तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।

महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज