नागरिकले अधिकारको प्रयोग गर्न पाएनन् : प्रधानमन्त्री

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भएपनि नागरिकले यसको व्यापक प्रयोग गर्न नपाएको बताउनुभएको छ ।

आइतबार १७औं राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो। उहाँले लोकतान्त्रिक व्यवस्थामा सूचनाको अधिकार सुनिश्चित गरिनुको अर्थ हरेक सार्वजनिक निकायका काम कारबाहीमा नागरिकको निगरानी, हस्तक्षेप र खबरदारी बढाउनु भएपनि त्यसो हुन नसकेको बताउनुभयो ।

ADVERTISEMENT

शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘यति लामो समय हुँदा पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो त्यसो हुन सकिरहेको छैन ।’

वास्तविक लोकतन्त्रको अभ्यास गर्नेहरूले सूचना नलुकाउने बरु कोही माग्न नआए पनि कानून बमोजिम गोप्य राख्नैपर्ने सूचनाबाहेक सबै प्रकारका सार्वजनिक सूचना नियमित रूपमा सार्वजनिक गर्नुपर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *