११ विद्यार्थीलाई रिद्धिसिद्धि सिमेन्टको छात्रवृत्ति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इयर २०८०’ को छात्रवृत्ति कार्यक्रममार्फत् ११ जना विद्यार्थी लाभान्वित भएका छन् । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धिसिद्धि सिमेन्टले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा एक सय नौ विद्यार्थीहरू सहभागी भएका थिए ।

एसइई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिता साथै आइक्यु परीक्षामा सोधिएका सम्पूर्ण अंक जोडेर छात्रवृत्तिका लागि उत्कृष्ट ११ स्मार्ट विद्यार्थी छनोट गरिएको थियो । छात्रवृत्ति कार्यक्रमअन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक रूपमा पाँच हजार, दोस्रोलाइ ३५ सय, तेस्रोलाई २५ सयका साथै सान्त्वना स्वरूप थप आठ विद्यार्थीलाई मासिक रूपमा १५ सय रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने निर्णय अनुरूप ११ जना विद्यार्थी छात्रवृत्तिमा छनोट भएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

छात्रवृत्तिअन्तर्गत प्रथम पुरस्कार पाउने इशान्तकुमार मिश्र, दोस्रो अंशु कुमारी र तेस्रो रिजन कठायत रहेका छन् भने सान्त्वनातर्फ शिवम् पटेल, भुषण दाहाल, भोलाकुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनिषाकुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?