मलंगवाका एक युवकको बोर्डर पारी भारतीय भूमीमा मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाही सदरमुकाम मलंगवाका एक युवकको सीमापारी भारतीय भूमीमा मृत्यु भएको छ । मलंगवा नगरपालिका-४, बस्ने वकिल धोबीका छोरा ३५ वर्षीय रवानी हुसेनको दशगजा नजिक भारततर्फ खेतमा शव फेला परेको हो ।

पारिवारिक श्रोतका अनुसार मृतक व्यक्ति लागूऔषधको प्रयोगकर्ता रहेको बुझिएको सर्लाहीका प्रहरी प्रमुख (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार परिवारजनले शव बुझेर घर ल्याइसकेका छन् ।

ADVERTISEMENT

सर्लाहीमा पछिल्लो सयम युवा पुस्ता लागूऔषध सेवन गर्न ठूलो संख्यामा बोर्डर पारी भारतीय सीमावर्ती बजारमा पुग्ने गरेका छन् । केही दिनअघि मलंगवास्थित कृष्णामति माध्यमिक विद्यालयमा लागूऔषधको सेवन गर्ने एक युवक मृत अवस्थामा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *