स्पेनको क्यानरी टापुमा लागेको डढेलो १८ सय हेक्टरमा फैलियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । स्पेनको टेनेरिफको उत्तरपूर्वमा रहेको क्यानरी टापुमा बुधवारबाट लागेको डढेलो १८ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

बुधवारबाट लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । सुख्खा क्षेत्र र तिब्र हावाका कारण आगो झनै फैलिरहेको बताइएको छ । क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले पहाडी क्षेत्रमा भएका कारण आगो निभाउन कठिन भइरहेको बताए ।

डढेलो कसरी लाग्यो भन्नेकुरा अझैसम्म स्पष्ट हुन सकेको छैन । आगो १७ हजार ५ सय बासिन्दा रहेको शहर एल ओरोटाभेको छेउसम्म पुगेको थियो । आगोका कारण सो क्षेत्रबाट करिव १५० जनालाई बिस्थापि भएका छन् । सम्पती कति क्षति भयो भन्ने बारेमा तथ्यांक आइसकेको छैन ।

ADVERTISEMENT

करिव २७० अग्नि नियन्त्रक र १७ बढी हेलिकप्टरबाट आगो नियन्त्रणमा लिने प्रयास भएपनि सफल हुन सकेको छैन । युरोपेली फरेस्ट फायर इन्फर्मेशन सिस्टम (इएफएफआईसी) को तथ्यांकअनुसार स्पेनमा हालसम्म सन् २०२३ मा ७३ हजार ५ सय हेक्टर जंगलमा आगो लागेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज