काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ)आजदेखि बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता सेयरमा आवेदन खुला गरेको छ । सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आइपीओ निष्कासन गरेको छ ।
कम्पनीले खुला गरेको आइपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि भदौ १४ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ ।
इन्स्योरेन्सको आइपीओमा न्यूनतम १० देखि २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औसत स्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।
इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा