यस्तो छ- आजको तरकारी तथा फलफूलको मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेडा सानो ८५, घिउ सिमी लोकल ७०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४१, भारतीय आलु रातो ३५, भारतीय प्याँज सुकेको ५८, लौका ५०, हरियो फर्सी ७०, घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल २०, गाँजर १००, मूला सेतो ४०, सेतो रातो ६०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ४०, मकै बोडी ६०, टाटे सिमी ७०, तितो करेला ४०, ब्रोकाउली ९०, कागती १२०, भिण्डी ५०, पिंडालू ६०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७०,लोकल काक्रो ५०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

ADVERTISEMENT

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३५०, नासपाती ६०, आभोकाडो ५००, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा ९मुंगरी० २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी ५०, हरियो धनिया १००, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २४०, चाइनिज लसुन २६०, लसुन हरियो १२०, रुख कटहर ३५, छ्यापी सुकेको २२०,भेडे खुर्सानी ७० , फूजी स्याँउ ३५०, अम्बा २८०, जुनार ३००, तोफु ११०, तने बोडी प्रतिकेजी ७० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज